काठमाडौँ। नेपाल राष्ट्र बैंकले अलैंची खेती एवं मौरी र अष्ट्रिज पालनमा संलग्न किसानलाई बिषेश सहुलियतमा पुनर्कर्जा दिने कार्यक्रम लागु गरेको छ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिमा घोषणा गरे बमोजिम केन्द्रिय बैंकले यी प्रयोजनका लागि एक प्रतिशतमा विषेश पुनर्कर्जा दिने कार्यक्रम लागु गरेको हो। त्यसका लागि अलैंची, मह एवं अष्ट्रिज उत्पादन गरि निर्यात गरेको भने हुनुपर्नेछ।
निर्यात गरेको रकममा नबढ्ने गरि असल कर्जाको धितोमा उक्त पुनर्कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।
साथै मौद्रिक नीतिको प्रावधान बमोजिम बिभिन्न पर्यटकीय गन्तव्यमा स्तरिय होटल खोल्न लिएको असल कर्जाको धितोमा पनि राष्ट्र बैंकले चार प्रतिशत दरमा पुनर्कर्जा दिने भएको छ। तुलनात्मक रुपमा पछि परेका पर्यटकीय गन्तव्यहरु पाथिभरा, माइपोखरी, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न होटल खोल्न लिएको असल कर्जाको धितोमा यो सुविधा दिने केन्द्रिय बैंकले जनाएको छ।