काठमाडौं। नेपाल टेलिकमले मंगलबार विलिङ सिस्टम अपग्रेड गर्ने भएको छ। सिस्टम अपग्रेड गर्दा मोबाइल सेवामा समस्या आउनसक्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन्।
'विहान सात बजेदेखि विलिङ सिस्टम अपग्रेडको काम सुरु भइसकेको छ। यो प्रक्रियामा सेवा अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै हामीले आफ्ना ग्राहकलाई सामाजिक संजाल मार्फत सेवाग्राहीलाई सूचना दिएका हौँ।' प्रवक्ता वैद्यले बिजमाण्डूसँग भनिन्।
उनका अनुसार अचानकम विलीङ प्रणाली अपग्रेडको जानकारी सामाजिक संजालबाट दिएको छ। 'विलिङ प्रणाली थप सवल बनाउनका लागि अपरेशन मेन्टिनेन्स(ओएमएन) अनुसार हामीले विलीङ सिस्टम अपग्रेड गर्ने गरेका छौँ।' वैद्यले भनिन्।