वामदेव पराजित हुने रिपोर्ट पुग्यो बालुवाटार, झस्किए प्रचण्ड, 'पार्टीकै लागि आत्मघाती हुने'




काठमाडौं। बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रभावशाली नेता वामदेव गौतम काठमाडौं–७ बाट पनि पराजित हुने रिपोर्ट पार्टीका दुबै अध्यक्षसामु पुगेको छ। 

तत्कालिन नेकपा एमालेको जिल्ला संगठनले यस्तो रिपोर्ट पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पुर्‍याएको हो।
 
बुधवार बालुवाटारमा पुगेर ने क पाका काठमाडौं जिल्लाका नेताहरुले यस्तो रिपोर्ट बुझाएपछि गौतमको संसद प्रवेशको चाहनामा थप चुनौती थपिएको छ।  


यसरी रिपोर्ट पेस गर्नेमा काठमाडौं ७ को प्रदेशसभाका दुई सांसदसमेत रहेका छन्। उनीहरुले बालुवाटारमै पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सांसद रामवीर मानन्धरको राजीनामा पार्टी संगठनलाई क्षति पुर्याउने भन्दै यस्तो निर्णय नगर्न आग्रह गरेको ने क पाका एक सदस्यले बिजमाण्डू लाई जानकारी दिए। 

उनीहरुले बुधवार नै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर सोही रिपोर्ट पेस गरेका थिए। त्यसपछि प्रचण्डले बुधवार नै आयोजित एक कार्यक्रममा वामदेव हार्ने गरी काठमाडौं–७ मा चुनाव नगराउने बताएका थिए। 

ने क पाका तर्फबाट काठमाडौं ७ बाट प्रदेशसभा निर्वाचित सांसदहरुल बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन्। 

‘उहाँहरुले मानन्धर कामरेडको निर्णयले पार्टीलाई घाटा पुग्ने भन्दै राजीनामाको निर्णय नगर्न सुझाव दिनुभएको छ,’ ने क पाका एक केन्द्रीय सदस्यले भने, ‘सरकारको काम कारवाही प्रति असन्तुष्टि बढिरहेको अवस्थामा उहाँले छाडेर वामदेव उठे पार्टीले एउटा सांसद गुमाउने र पार्टीकै लागि आत्मघाती हुने बताउनु भएको छ।’  
 
यसअघि बुधवार तत्कालिन ने क पा एमालेका सचिवालय सदस्यहरुको भेलालेसमेत मानन्धरको राजीनामाले पार्टीलाई घाटा पुग्ने निष्कर्ष निकालेको थियो। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति काठमाडौंका मतदाता रुष्ट भएको, वामदेव आफै जनताबाट अस्वीकृत भएको लगायतका कारणसहित उनी पराजित हुने निष्कर्षसमेत निकालेको थियो। 

सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए। गत सोमवार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए। 

उनको राजीनामाको विषयमा बुधवार बस्ने भनिएको सचिवालयको बैठकमा निर्णय लिइने बताइएको थियो। तर बुधवार डाकिएको बैठक रोकिएको थियो। 

मंगलवार मानन्धरले पत्रकार सम्मेलन गरी पार्टी सचिवालयले निर्णय गरेपछि सभामुखलाई राजीनामा बुझाउने घोषणा गरेका थिए। उनले काठमाडौं ७ बाट वामदेवलाई जिताएरै पठाउने दावीसमेत गरेका थिए।

Share this Story

   

वामदेव पराजित हुने रिपोर्ट पुग्यो बालुवाटार, झस्किए प्रचण्ड, 'पार्टीकै लागि आत्मघाती हुने' को लागी १ प्रतिक्रिया(हरु)

Baburam[ 2018-10-11 02:39:56 ]
party lai faida hune vaye ta j pani garne hune rahexa nepal ma. party lai faida hune vaye janata bata uthayeko tax jati pani kharcha garna paxi pardainan nepal ka leaders haru. yestai para ho vane nepal ma loktantra vanne kura nai ghatak sidda hola jastyo xa. Nepal ko loktantra badar ko haat ma nariwal jastai vayo, loktantra hoina xadatantra ho jasle j gareni hune....................

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.