काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरको अनुपात घटाउने निर्णय गरेको छ।शनिबार बसेको संचालक समितिको बैंठकले हाल संस्थापक तर्फको ७० प्रतिशत हिस्सालार्इ ६० प्रतिशत कायम गर्ने निर्णय गरेको हो।
यसको लागि साउन २५ गतेसम्म कायम रहेका संस्थापक शेयरधनीको समानुपातिक रुपमा १० प्रतिशत हिस्सा सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको हो।यो कम्पनीको सर्वसाधारण शेयर ४० प्रतिशत र संस्थापक शेयर ६० प्रतिशत कायम हुनेछ।
अब कम्पनीको १० प्रतिशत शेयर अर्थात ४३ करोड ९६ लाख रुपैयाँको शेयर सर्वसाधारणतर्फ कारोबार हुनेछ। संस्थाको हालको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जसमा परिवर्तन भएको संरचना अनुसार ६० प्रतिशत संस्थापक अर्थात २ अर्ब ६३ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४० प्रतिशत अर्थात एक अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ।
बीमा ऐन अनुसार बीमा कम्पनीको पूँजी कोष अनुपात संस्थापक तर्फ अधिकतम ७० प्रतिशत र न्यूनतम ५१ प्रतिशत र सर्वसारधारणतर्फ अधिकतम ४९ प्रतिशत र न्यूनतम ३० प्रतिशत हुनुपर्छ।