नेपाल यातायातको नयाँ बस वैशाखभित्रै संचालनमा आउने, नयाँ बसमा अहिलेको भन्दा दोब्बर सीट




काठमाडौ।नेपाल यातायातले वैशाख भित्र १० ठूला बस सञ्चालनमा ल्याउने भएको छ ।



समितिका सचिव गोपाल चन्द्र गुरुङले वैशाखभित्र १० वटा ठूला बस संचालनमा आउने र अरु बस क्रमिक रुपमा संचालनमा ल्याउने बताए।नयाँ बसमा ३६ सीट हुनेछ।अहिले संचालनमा रहेको नेपाल यातायातका बसमा १८ वटा मात्रै सीट छ।

बसको भित्र स्पेश बढी भएकोले उभिएर यात्रा गर्न पनि सजिलो हुनेछ। यातायातका गोपीकृष्ण-बालकुमारी,पेप्सीकोला-टाउन प्लानिङ –जावलाखेल- पेप्सीकोला,गोठाटार-पुतलीसडक-घण्टाघर-पुरानो बसपार्क हुँदै पुन गोठाटार,रिङरोड लगायतका ४ वटा रुटमा बस संचालनमा छ। यो रुटमा १ सय ४८ बस संचालनमा छन्।
 

Share this Story

   

नेपाल यातायातको नयाँ बस वैशाखभित्रै संचालनमा आउने, नयाँ बसमा अहिलेको भन्दा दोब्बर सीट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.