BIZMANDU
www.bizmandu.com

नेपाल यातायातको नयाँ बस वैशाखभित्रै संचालनमा आउने, नयाँ बसमा अहिलेको भन्दा दोब्बर सीट

२०७४ बैशाख ८

काठमाडौ।नेपाल यातायातले वैशाख भित्र १० ठूला बस सञ्चालनमा ल्याउने भएको छ ।

Tata
GBIME
Nepal Life

समितिका सचिव गोपाल चन्द्र गुरुङले वैशाखभित्र १० वटा ठूला बस संचालनमा आउने र अरु बस क्रमिक रुपमा संचालनमा ल्याउने बताए।नयाँ बसमा ३६ सीट हुनेछ।अहिले संचालनमा रहेको नेपाल यातायातका बसमा १८ वटा मात्रै सीट छ।

बसको भित्र स्पेश बढी भएकोले उभिएर यात्रा गर्न पनि सजिलो हुनेछ। यातायातका गोपीकृष्ण-बालकुमारी,पेप्सीकोला-टाउन प्लानिङ –जावलाखेल- पेप्सीकोला,गोठाटार-पुतलीसडक-घण्टाघर-पुरानो बसपार्क हुँदै पुन गोठाटार,रिङरोड लगायतका ४ वटा रुटमा बस संचालनमा छ। यो रुटमा १ सय ४८ बस संचालनमा छन्।