
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको भाटभटेनीमा नयाँ सोरुम खोलेको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत छोइ यिङ जिन र इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सोमबार आयोजित कार्यक्रममा सोरुम उद्घाटन गरे ।
सोरुम हुन्डाई मोटर्सको अन्तर्राष्ट्रियस्तरसँग मिल्नेगरी बनाइएको छ । दुई हजार सात सय वर्गफिट क्षेत्रफलमा रहेको यो सोरुममा एकैचोटी ५/६ वटा विभिन्न मोडलका गाडी अट्छन् ।
कम्पनीले निकट भविष्यमा नै काठमाडौं उपत्यकाभित्र र छेउछाउका अन्य क्षेत्रमा थप सोरुम खोल्ने योजना बनाएको सो कार्यक्रममा जानकारी दिइयो ।
भाटभटेनीको नयाँ सोरुमले अन्तर्राष्ट्रियस्तरको सेवा ग्राहकलाई दिनुको साथै गाडी खरिदको नौलो अनुभूति दिने कम्पनीको दाबी छ ।
प्रालिले सन् २००९ फेब्रुअरीदेखि नेपालमा हुन्डाई ब्रान्डका सावारीसाधन बिक्री गर्दै आएको छ ।'कम्पनीको मुख्य उद्देश्य गाडीको बिक्री मात्रै नभएर बिक्रीपछि गुणस्तरीय मर्मसम्भार सेवा उपलब्ध गराउनुरहेको छ,' इन्टरकन्टिनेन्टलका अध्यक्ष श्रेठले भने , 'यही उद्देश्य पूर्तिको लागि कम्पनीले नेपालभरी आफ्ना सोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ ।