काठमाडौं। राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेकोछ । मन्त्रीपरीषदको बैठकले झापाका पाठकलाई आगामी तीन बर्षका लागि प्रशासकमा नियुक्त गरेको हो।
कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका पाठक प्रधानमन्त्री केपी ओली निकट हुन्।
अर्थमन्त्रालयले जेठ २ गते तीन जनालार्इ नियुक्तिको लागि सिफारिस गरेको थियो। अर्थमन्त्रालयका उपसचिव डा. डिल्लीराज अर्याल र बीमा संस्थानकै अभिकर्ता बुद्धकाजी श्रेष्ठलार्इ सिफारिस गरेको थियो। अर्याल अर्थमन्त्री खतिवडा निकट मानिन्थे।