काठमाडौं। जगदम्बा स्टिल्स् कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ।
कार्यक्रममा शंकरलाल अग्रवाल गोल्ड मेडलसहित ५१ हजार रुपैयाँ राशीको पुरस्कार सञ्जिला वस्तीले प्राप्त गरेकी छिन्। उनी २०७४ को क्याम्पस टप गर्ने छात्रा हुन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेती, क्यापस प्रमुख इश्वरराज बानियाँ तथा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल पनि उपस्थित थिए।