काठमाडौं।वर्ल्डलिंकले इन्टरनेट जोड्दा मोबाइल दिने अफर ल्याएको छ।कम्पनीले साथीलार्इ वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएर मोबाइल फोन दिने एक कान दुर्इ कान अफर ल्याएको हो।
कम्पनीका अनुसार आफ्ना साथीभाई या नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाइनेछ भने स्मार्ट फोन समेत पाउने कम्पनीले जनायो।कम्पनीका अनुसार साथीलार्इ इन्टरनेट जोड्न सल्लाह दिएर जोडेमा एक महिना निशुल्क इन्टरनेट पाइनेछ।
तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंक जडान गरे तीन महिनाको निशुल्क इन्टरनेट सेवा पाउने कम्पनीले जनाएको छ।इन्टरनेट जोड्नेले एक महिना निशुल्क इन्टरनेट सेवा पाउने कम्पनीले जनाएको छ।
चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशु:ल्क पाउनर र जोड्ने साथी वा आफन्तले एक महिना निशुल्क सेवा पाउने कम्पनीले जनायो।कम्पनीका अनुसार छ जनाले सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट, तीन महिनाको नेटटीभी निशुल्क र स्मार्ट फोन पाउनेछन्।