फोटो पोस्ट गर्न तथा साथीभाइहरुसँग कम्युनिकेशन गर्का लागि इन्स्टाग्राम प्रयोग गरिन्छ। तर भिडियो च्यानलका रुपमा समेत विकासित बनेको इन्स्टाग्राम यतीमा मात्र सिमित छैन, सेलेब्रेटीहरुका लागि पैसा कमाउन राम्रो माध्यम समेत बनेको छ।
विश्व चर्चित गायक गायिका देखि विभिन्न खेलका खेलाडीहरुले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै भरमा टन्नै पैसा कमाउँछन्।
हुपरएजक्युले इन्स्टाग्रामबाट धेरै पैसा कमाउने इन्स्टाग्रामस् रिच लिस्ट सार्वजिनक गरेको छ। जसमा सर्वाधिक कमाउनेमा गायिका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने रियल मड्रिडका पोर्चुगिज पुटबल स्टार क्रिस्टियानो रोनाल्डो तेस्रोमा छन्।
रोनाल्डो शीर्ष दशमा बटाएका एक मात्र पुटबल खेलाडी हुन् भने बास्केटबलका लेब्रोन जेम्स सर्वाधिक कमाउनेको दशौँ स्थानमा छन्।
इन्स्टाग्राममा १२२ मिलियन फलोअर रहेको सेलेना गोमेज एउटै पोस्टको ५ लाख ५० हजार अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) कमाउँछन्। दोस्रो स्थानमा किम कार्दासियन छन्। उनको फलोअर १ सय मिलियन छ र उनको कमाई ५ लाख डलर छ।