काठमाडौं। १० कित्ता भन्दा कम सेयर खरिद बिक्रि गर्न अब शुक्रबार पर्खिनु नपर्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक महिना भित्रै यस्तो व्यवस्था गरि सक्ने जनाएको छ।
१० कित्ता भन्दा कम सेयर हुनेले दिनहुँ कारोबार गर्ने व्यवस्था मिलाउन सिस्टम अपडेटको काम भइ रहेको नेप्सेले जनाएको छ।
लगानीकर्ताले लामो समय देखि दैनिक सानो कित्ता सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नियमन निकायलाई आग्रह गर्दै आएका थिए।
नेप्सेले बिज्ञप्ती मार्फत राफसाप तथा फर्छ्यौटलाई थप चुस्त बनाउन राफसाफ बैंक थप गर्ने प्रक्रिया अघि बढेको पनि जनाएको छ। यसका लागि सिडिएसले सिस्टममा आवश्यक परिमार्जन गरि परिक्षण थालेको जनाइएको छ।