नीति तथा कार्यक्रम जेठ १ गते संसदमा पेस गर्ने सरकारको निर्णय

बिजमाण्डू
२०८१ बैशाख २७ गते २०:४२ | May 9, 2024
नीति तथा कार्यक्रम जेठ १ गते संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले वार्षिक नीति कार्यक्रम जेठ १ गते संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले आर्थिक वर्ष २०८२/०८२ को नीति कार्यक्रम जेठ १ मा संसदको संयुक्त बैठकमा पेसको निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सरकारका तर्फबाट राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ। सरकारले वैशाख ३० गतेकै लागि नीति कार्यक्रमको तयारी गरे पनि संसदले आवश्यक तयारीका लागि समय मागेपछि दुई दिन पछि गर्नेगरी सरकारले निर्णय गरेको हो।

सरकारले अब औपचारिक रुपमा नीति कार्यक्रमको तयारीको जानकारी राष्ट्रपति कार्यालय र संसद्लाई पठाउने छ। अघिल्लो वर्ष जेठ ५ गते नीति तथा कार्यक्रम पेस भएको थियो।