कोशीमा ४०० किलोमिटर पर्यटकीय ट्रेल बनाउन स्वीट्जरल्याण्डले १ अर्ब २६ करोड अनुदान दिने

बिजमाण्डू
२०८१ बैशाख २७ गते १८:३३ | May 9, 2024
कोशीमा ४०० किलोमिटर पर्यटकीय ट्रेल बनाउन स्वीट्जरल्याण्डले १ अर्ब २६ करोड अनुदान दिने
सम्झौता गर्दै सहसचिव श्रीकृष्ण नेपाल र स्वीस राजदूत डा. डेनियल म्युली

काठमाडौं। स्वीट्जरल्याण्डले कोशी प्रदेशमा पर्यटनको दिगो विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ अनुदान दिने भएको छ।

Tata
GBIME
Nepal Life

४०० किलोमिटर लामो पर्यटकीय ट्रेल निर्माणका लागि स्वीट्जरल्याण्डले करिब १ अर्ब २६ करोड रुपैयाँ अनुदान दिने भएको हो।

यस सम्बन्धमा नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच बिहिबार सम्झौता भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीस राजदूत डा. डेनियल म्युलीले हस्ताक्षर गरे।

सम्झौता अनुसार सहयोग रकम कोशी प्रदेश सरकारसँगको समन्वयमा विभिन्न २९ स्थानीय तहले खर्च गर्नेछन्। ४ वर्षमा ट्रेल निर्माण गर्ने भनिएको छ। ट्रेल निर्माण गर्न सरकारले १८ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ।

ट्रेल निर्माणपछि वार्षिक ८० हजार पर्यटक आकर्षित हुने विश्वास लिइएको छ।