विद्यार्थीको पढाइमा माछापुच्छे बैंकको सहयोग, कालीदेवी विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर

बिजमाण्डू
२०८१ बैशाख २७ गते १८:०३ | May 9, 2024
विद्यार्थीको पढाइमा माछापुच्छे बैंकको सहयोग, कालीदेवी विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर
कालीदेवी आधारभूत विद्यालयलाई माछापुच्छे बैंकले दिएका कम्प्युटर र प्रिन्टर

काठमाडौं। माछापुच्छे बैंकले धादिङको एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सिम्ले शाखाले धादिङसेसी नगरपालिका-६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर र १ थान कलर प्रिन्टर सहयोग गरेको हो।

विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर कम्प्युटर र प्रिन्टर सहयोग गरेको बैंकले बिहिबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। यसबाट विद्यार्थीले कम्प्युटरसँग सम्बन्धित ज्ञान पाउने बैंकको विश्वास छ।