अस्ट्रेलियाको मेडिकल अपोइन्टमेन्ट अर्बिटबाट गर्न सकिने, सिद्धी पोलिक्लिनिकसँग सम्झौता

बिजमाण्डू
२०८१ बैशाख २७ गते १५:१४ | May 9, 2024
अस्ट्रेलियाको मेडिकल अपोइन्टमेन्ट अर्बिटबाट गर्न सकिने, सिद्धी पोलिक्लिनिकसँग सम्झौता

काठमाडौं। अस्ट्रेलिया जानेहरुले अब अर्बिट मेडिकल इन्ट्रान्समार्फत मोडिकल अपोइन्टमेन्ट लिन पाउने भएका छन्। त्यसका लागि अर्बिटले सिद्धी पोलिक्लिनिकसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा अर्बिट मेडिकल इन्ट्रान्सको तर्फबाट महाप्रबन्धक एल्सन थापा र सिद्धी पोलिक्लिनिकको तर्फबाट प्रमुख मार्केटिङ अधिकृत विजयकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

अर्बिटले ब्रिटिस काउन्सिल आइइएलटीएसका साझेदारहरुलाई एकै छानामुनि सबै सुविधा उपलब्ध गराउने व्यवस्थाअनुसार मेडिकल अपोइन्टमेन्टको सुविधा दिन लागेको जनाएको छ।

यसका साथै अर्बिटमार्फत सिद्धी पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराउनेले १५ प्रतिशत छुट पनि पाउने छन्।

अर्बिट नेपालका लागि ब्रिटिस काउन्सिल आइइएलटीएसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।