तारागाउँ रिजेन्सी होटल्सको नाफामा उछाल, ९ महिनामा ३३ करोड ३२ लाख खुद नाफा

बिजमाण्डू
२०८१ बैशाख २७ गते ११:४३ | May 9, 2024
तारागाउँ रिजेन्सी होटल्सको नाफामा उछाल, ९ महिनामा ३३ करोड ३२ लाख खुद नाफा

काठमाडौं। तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पोहोर ९ महिनाको तुलनामा यो वर्ष ३९.५४ प्रतिशतले नाफा बढाएको हो। तारागाउँ रिजेन्सीले पोहोर ९ महिनामा २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन तथा अन्य आम्दानी वृद्धि हुँदा खुद नाफा बढेको हो। सञ्चालन आम्दानी ११.४२ प्रतिशतले वृद्धि भएको छ। चैतसम्म कम्पनीको १ अर्ब ९६ लाख रुपैयाँ छ।

पोहोर सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो।

१ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी १६.९९ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३७.१९ रुपैयाँ छ।