इलाम-२ को उपनिर्वाचनमा जमानत जफत भएपछि रविले भने- जित्न सकिएन, सिक्न सकियो

बिजमाण्डू
२०८१ बैशाख १८ गते १३:१० | Apr 30, 2024
इलाम-२ को उपनिर्वाचनमा जमानत जफत भएपछि रविले भने- जित्न सकिएन, सिक्न सकियो
रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ मा आफ्नो पार्टीका उम्मेदवारको जमानत जफत भएपछि उपनिर्वाचनले ठूलो सन्देश दिएको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार सामाजिक सञ्जालमार्फत इलाम-२ का जनताले मतसँगै ठूलो सन्देश दिएको बताएका हुन्। उनले जित्न नसकेपनि धेरै सिक्न पाएको भनेका छन्। ‘जित्न सकिएन, सिक्न सकियो,’ उनले फेसबुकमा लेखेका छन्।

रास्वपाका महामन्त्री मुकुल ढकालले प्रेस विज्ञप्ति जारी गरी सांकेतिक घण्टीले पार्टीलाई सचेत गराएको उल्लेख गरेका छन्।

‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ,’ विज्ञप्तिमा भनिएको छ।

इलाम-२ मा वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मतसहित चौथो चित्त बुझाउनुपरेको थियो।