मकै र गहुँ भनेर भित्र्याइयो ३० हजार किलो चिनी, ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरिंदै

बिजमाण्डू
२०८१ जेठ २ गते १६:४१ | May 15, 2024
मकै र गहुँ भनेर भित्र्याइयो ३० हजार किलो चिनी, ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरिंदै

काठमाडौं। अवैधरुपमा ल्याएको करिब ३० हजार किलो चिनी प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

सुनसरीको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो। 

बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको सूचना पाएपछि  ‍सीमा सुरक्षा गुल्म हरिपुरको टोलीले अपरेसन गरेको थियो।

ट्रक जाँच गर्दा मकै र गहुँले छोपिएको अवस्थामा चिनी फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले १८ वटा बोरामा रहेको ९ सय ९० किलो मकै र ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ किलो गहुँ समेत बरामद गरेको छ।

चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउँदा ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ शुल्क तिरेको पाइएको छ।