दिल्लीलाई हराएर कोलकाता दोस्रो स्थानमा, आज लखनउ र मुम्बई भिड्दै

बिजमाण्डू
२०८१ बैशाख १८ गते ०६:३० | Apr 30, 2024
दिल्लीलाई हराएर कोलकाता दोस्रो स्थानमा, आज लखनउ र मुम्बई भिड्दै
दिल्लीविरुद्ध ब्याटिङमा कोलकाताका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हरायो। कोलकाताको इडन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले दिल्लीलाई ७ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक अविजित ३५ रन बनाउँदा कप्तान ऋषभ पन्तले २७, अभिषेक पोरलले १८ तथा अक्षर पटेलले १५ रनको योगदान दिए।

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ विकेट लिँदा वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क र सुनिल नारायणले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। यसक्रममा फिल साल्टले सर्वाधिक ६८ रन बनाउँदा कप्तान श्रेयस ऐय्यर ३३ र वेङ्कटेस ऐय्यर २६ रनमा अविजित रहे।

बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिए।

जितसँगै कोलकाता ९ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्षस्थानमा समान खेलबाट १६ अंक बनाएको राजस्थान छ। दिल्ली भने १० अंक बनाएर तालिकाको १० औं स्थानमा छ।

प्रतियोगितामा आज लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स राति पौने ८ बजे लखनउमा भिड्नेछन्।