नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउने प्रयासमा अमेरिकाको साथ, राजदूतले भने : उत्साहित छौं

बिजमाण्डू
२०८१ बैशाख १६ गते १२:३३ | Apr 28, 2024
नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउने प्रयासमा अमेरिकाको साथ, राजदूतले भने : उत्साहित छौं
Photo : US Embassy

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नेपाललाई लगानी गन्तव्यका रुपमा साथ दिन पाउँदा उत्साहित भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

आजदेखि सुरु भएको लगानी सम्मेलनलाई लक्षित गर्दै उनले नेपाललाई अझ आकर्षक लगानी गन्तव्य बनाउने नेपालको प्रयासलाई समर्थन गर्न पाउँदा उत्साहित भएको बताएका हुन्।

उनले जारी तेस्रो लगानी सम्मेलनले विश्वभरबाट विभिन्न क्षेत्रलाई नेतृत्व गरेको र नीति निर्माण तहमा सक्रिया व्यक्ति र लगानीकर्तालाई एकै ठाउँमा ल्याएको उनको भनाक्ष थियो।

‘नेपाललाई विदेशी लगानीका लागि आशाजनक गन्तव्यका रूपमा उजागर गर्ने यो एउटा उत्कृष्ट मञ्च हो,’ उनले भनेका छन्।

थम्पसनले निजी क्षेत्रको लगानी बढाउन र समावेशी रुपमा आर्थिक वृद्धिमा सुधार नेपाललाई अमेरिकाले सहयोग गर्ने बताएका छन्। नेपालको ऊर्जा, पर्यटन, प्रविधि र उत्पादन क्षेत्रमा साझेदारी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।