बीवाइडी गाडी किनेका ११ जना युरोकप हेर्न जर्मनी जान पाउने, को-को छानिए ?

बिजमाण्डू
२०८१ बैशाख २८ गते १४:०१ | May 10, 2024
बीवाइडी गाडी किनेका ११ जना युरोकप हेर्न जर्मनी जान पाउने, को-को छानिए ?
बीवाइडी गाडी खरिदकर्तामध्येबाट लक्की ड्रमार्फत विजेता छानिंदै

काठमाडौं। बीवाइडी गाडी किनेका ग्राहकमध्ये ११ जना युरोकप हेर्न जर्मनी जान पाउने भएका छन्। नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले जर्मनी जान पाउने ११ जना छनोट गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले लक्की ड्रमार्फत नाम छानेको हो। बीवाइडीको नेपालका लागि ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले विजेता छनोट गरेका हुन्।

कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, डा. ममता क्षत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेल छनोट भएका छन्।

फेब्रुअरी २६ देखि मे ५ सम्म गाडी किनेका ८०० ग्राहकमध्येबाट ११ जना छानिएका हुन्।