बेयरस्टोको शतकको सहायतामा विशाल लक्ष्य पछ्याउँदै पञ्जावको जित

बिजमाण्डू
२०८१ बैशाख १५ गते ०६:५६ | Apr 27, 2024
बेयरस्टोको शतकको सहायतामा विशाल लक्ष्य पछ्याउँदै पञ्जावको जित
शतक प्रहार गरेपछि जोन्नी बेयरस्टो। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा पञ्जाव किंग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ। कोलकाताको इडन गार्डन स्टेडियममा सम्पन्न खेलमा पञ्जावले ८ विकेटको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले विस्फोटक ब्याटिङ गर्दै १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङ गरेको कोलकातालाई ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १०.२ ओभरभित्र १३८ रनको साझेदारी गरे। यसक्रममा नारेनले ३२ बलमा ७१ रन बनाउँदा साल्टले ३५ बलमा ७५ रन बनाए। त्यसबाहेक वेङ्कटेस ऐय्यरले ३९, आन्द्रे रसेलले २४ तथा श्रेयस ऐय्यरले २८ रन बनाए।

बलिङतर्फ पञ्जावका अश्रदीप सिंहले २ विकेट लिँदा साम करन, हर्षल पटेल र राहुल चहरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावलाई लक्ष्य सम्म पुर्‍याउन जोन्नी बेयरस्टोले शतकीय इनिङ्स खेले। उनले ४८ बलमा ८ चौका र ९ छक्काको सहायतामा अविजित १०८ रन बनाए।

त्यस्तै प्रभसिमरन सिंहले ५४ रन बनाउँदा शसांक सिंह २८ बलमा ६८ रन बनाएर अविजित रहे।

बलिङतर्फ कोलकाताका सुनिल नारेनले १ विकेट लिए। जितसँगै अंकतालिकाको पुछारतिर संघर्ष गरिरहेको पञ्जावलाई राहत मिलेको छ। ९ खेलबाट ६ अंक बनाएको पञ्जाव तालिकाको ८ औँ स्थानमा छ। १० अंक बनाएको कोलकाता तालिकाको दोस्रो स्थानमा छ।