आजको मौसम पूर्वानुमान : यी पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना

बिजमाण्डू
२०८१ बैशाख १४ गते ०६:५७ | Apr 26, 2024
आजको मौसम पूर्वानुमान : यी पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

Tata
GBIME
Nepal Life

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

आज राती भने देशभर आंशिक बदली देखि मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ| गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।