राष्ट्रिय विकास परिषद्को बैठक भोलि, प्रतिपक्षी र सत्तामा रहेका सबै दलका प्रमुखले सम्बोधन गर्ने

बिजमाण्डू
२०८१ बैशाख १२ गते ०८:२७ | Apr 24, 2024
राष्ट्रिय विकास परिषद्को बैठक भोलि, प्रतिपक्षी र सत्तामा रहेका सबै दलका प्रमुखले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय विकास परिषद्‍को बैठक बिहीबार बस्दैछ। विकास योजनाका लागि एउटा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको परिषद्को बैठकले १६औं योजना फाइनल गर्ने बताइएको छ।

Tata
GBIME
Nepal Life

५ वर्षे रणनीति बनाउन बस्ने परिषद्को यो बैठक सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रम हो। कार्यक्रममा उपस्थित हुन सबै पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बैठकमा प्रस्तुति राख्नेछन्। उनको प्रस्तुतिमाथि वक्ताहरूले आफ्नो धारणा राख्नेछन्।

कार्यक्रममा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्नेछन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसम्मले सम्बोधन गर्ने तालिका छ।

प्रदेशका मुख्यमन्त्री र उद्योगी व्यवसायी पनि सहभागी हुनेछन्। यो बैठकले दिएको सुझाव समेटेर नेपालको ५ वर्षे योजना अर्थात १६औं योजना फाइनल हुनेछ।

बैठकको अध्यक्षता आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।