जेठमा इभी अटो सो गर्ने नाडाको तयारी, दुई वटा मिति प्रस्तावित, निर्णय हुन बाँकी

बिजमाण्डू
२०८१ बैशाख ९ गते १७:२८ | Apr 21, 2024
जेठमा इभी अटो सो गर्ने नाडाको तयारी, दुई वटा मिति प्रस्तावित, निर्णय हुन बाँकी
नाडा अटो सो। फाइल तस्वीर

काठमाडौ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधनको व्यापार विस्तारका लागि प्रदर्शनी गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

नाडाले जेठ महिनामा इभी अटो सो गर्ने भएको हो। तर मिति तय गरिसकेको छैन। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले दुईवटा मितिमा छलफल गरिरहेको जानकारी दिए। उनका अनुसार जेठ दोस्रो वा अन्तिम साता इभी अटो सो गर्ने तयारी छ।

जेठ ९ देखि १२ वा २३ देखि २६ गतेसम्म कुन मितिमा गर्ने भन्नेबारे नाडाले निर्णय लिन बाँकी छ। नाडाले पोहोर भदौ २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा अटो सो गरेको थियो। त्यो अटो सोमा इभीका साथै इन्धनबाट चल्ने सवारीसाधन पनि राखिएका थिए।