लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, समर्थन फिर्ता लिने चेतावनीपछि अधिकारी बनिन् मन्त्री

बिजमाण्डू
२०८१ बैशाख ६ गते १४:५९ | Apr 18, 2024
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, समर्थन फिर्ता लिने चेतावनीपछि अधिकारी बनिन् मन्त्री
मन्त्रीलाई शपथ गराउँदै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन। फाइल तस्वीर

काठमाडौं। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री जोखबहादुर महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

Tata
GBIME
Nepal Life

एमालेका दिनेश पन्थी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल र रत्‍नबहादुर खत्री, नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री बनाइएको छ।

मुख्यमन्त्री महराले प्रदेश प्रमुखसामु सुरुमा ६ जनाको नाम बुझाएका थिए। त्यसमा एकीकृत समाजवादीकी अधिकारीको नाम थिएन। त्यसपछि एकीकृत समाजवादीले आपत्ति जनायो। चैत २२ गते भएको सहमति उल्लंघन गरेको भन्दै अधिकारीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि उनलाई पनि मन्त्री बनाइएको हो।

अधिकारी लुम्बिनी प्रदेश सभामा एकीकृत समाजवादीकी एक्लो सदस्य हुन्। मन्त्री नियुक्त गरिएपनि मन्त्रालयको भागबण्डा टुंगिएको छैन। जसका कारण ७ वटा मन्त्रालय मुख्यमन्त्री महराले आफूसँगै राखेका छन्।

तीन मन्त्रालयमा मात्र जिम्मेवारी तोकिएको छ। एमालेका चेतनारायण आचार्य आन्तरिक मामिला तथा योजना, माओवादी केन्द्रका दीपेन्द्र पुन स्वास्थ्य र जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीमा छन्।