६१ किलो सुन प्रकरणमा फरार आरोपी जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

बिजमाण्डू
२०८१ बैशाख ६ गते १३:३९ | Apr 18, 2024
६१ किलो सुन प्रकरणमा फरार आरोपी जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
जीवन चलाउने

काठमाडौं। ६१ किलो सुन प्रकरणमा फरार रहेका आरोपी जीवन चलाउनेलाई पक्राउ गर्न प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।

Tata
GBIME
Nepal Life

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को पत्रको आधारमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।

६१ किलो सुन प्रकरणमा हाल पूर्पक्षका लागि थुनामा रहेका दावा लामासँग चलाउनेको सम्पर्क रहेको देखिएको थियो। तर सीआइबीले अनुसन्धानका क्रममा चलाउनेलाई बोलाएर कागज गरी छोडेको थियो। प्रहरीमाथि नै चलाउनेलाई उन्मुक्ति दिएको आरोप लागेको छ।

सुन तस्करी जाँचबुझ आयोगले चलाउनेलाई अनुसन्धान नगरी प्रहरीले नै भगाएको आरोप लगाएको छ। सीआइबीकी तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्यलाई त्यही आरोपका कारण एक महिनाअघि सरुवामा गरिएको थियो।