वित्तीय अनुशासन कायम गर्दै अर्थतन्त्र अघि बढाउन उद्योग मन्त्रीले मागे लेखा व्यवसायीसँग सुझाव

बिजमाण्डू
२०८१ बैशाख ६ गते १२:३७ | Apr 18, 2024
वित्तीय अनुशासन कायम गर्दै अर्थतन्त्र अघि बढाउन उद्योग मन्त्रीले मागे लेखा व्यवसायीसँग सुझाव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती दामोदर भण्डारी आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम भूमिका रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल एकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको समुद्घाटन समारोहमा उनले लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनियता र पारदर्शिता समग्र आर्थिक विकासको लागि अत्यन्तै महत्वपूर्ण हुने बताएका हुन्।

भण्डारीले विश्वमाय सफल मानिएका व्यवसायहरु पनि गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगर्दा सदाको लागी बन्द भएका उदाहरण रहेको भन्दै त्यसले देशको अर्थतन्त्रलाई नकारात्मक असर पुर्‍याउने र लेखा व्यवसायीहरुको भूमिकामा समेत प्रश्न चिन्ह खडा बताए।

‘पेशामा रहनुहुने लेखा व्यवसायीहरुले आफ्नो आचरण र त्यसमा पनि इमान्दारीता, बस्तुनिष्ठता, पेशागत सक्षमता र स्वतन्त्रता जस्ता आचार संहिताको आधारभुत सिद्धान्तहरुमा विशेष ध्यान दिई आफ्नो पेशा संचालन गर्नु पर्छ,’ उनले भने।

उनले हाल अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै अर्थतन्त्रका केही परिसूचकहरु सुधारोन्मुख रहेको बताए।

‘वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको छ,’ उनले भने।

सबल र सक्षम अर्थतन्त्रको विकासको नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक देखिएको उनले बताए। अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह हुँदा देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुने र त्यस्तो वातावरण निर्माणमा लेखा व्यवसायी र भूमिका अझ महत्वपूर्ण हुने उनले बताए।

उनले लेखा व्यवसायको विकास र वित्तीय अनुशासन सहित अर्थतन्त्रलाई अघि बढाउन सहयोग पुग्ने गरि सम्मेलनबाट सरकारलाई सुझाव दिन पनि आह्वान गरेका छन्।