उच्च मूल्यबाट सुन प्रति तोला ६ सय घट्यो, चाँदीमा भने १० रुपैयाँको बढोत्तरी

बिजमाण्डू
२०८१ बैशाख ६ गते ११:३४ | Apr 18, 2024
उच्च मूल्यबाट सुन प्रति तोला ६ सय घट्यो, चाँदीमा भने १० रुपैयाँको बढोत्तरी

काठमाडौं। दोहोरो अंकको बढोत्तरीसँगै उच्च मूल्यमा दुई दिन स्थिर रहेको सुन बिहीबार ६ सय रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार र बुधबार तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा स्थिर थियो।

गत सोमबार तोलामा ७ सय बढेको सुनको कारोबार मूल्यमा मंगलबार १ हजार ७ सय रुपैयाँको बढोत्तरी थियो।

साताको दोस्रो दिन तोलाको १ लाख ३७ हजार ५ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा २ हजार २ सय रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ भएको थियो। 

चाँदीको कारोबार मूल्य १० रुपैयाँ बढ्दा प्रति तोला १७ सय २५ रुपैयाँ भएको छ। यसअघि मंगलबारका तुलनामा ३५ रुपैयाँ घट्दा बुधबार प्रति तोला १७ सय १५ रुपैयाँ थियो। मंगलबार तोलाको १७ सय ५० रुपैयाँ पुगेको थियो। त्यसअघि सोमबार तोलाको १७ सय १५ रुपैयाँ थियो।   

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनचाँदीको कारोबार मूल्य केही घटेको छ। सुन प्रति औंस २३७४.९ डलरले कारोबार भइरहेको छ। बुधबार २३८१.९१ डलर थियो भने मंगलबार प्रति औंस २३८८.३२ डलर थियो।      चाँदी प्रति औंस २८.४ डलर छ। बुधबार २८.२१ र मंगलबार २८.८५ डलरले कारोबार भएको थियो।