विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, ६ वटा खोलामा २८ आयोजना निर्माणाधीन

बिजमाण्डू
२०८१ बैशाख ६ गते ०९:४८ | Apr 18, 2024
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, ६ वटा खोलामा २८ आयोजना निर्माणाधीन
तस्बिर : रासस।

फुङ्लिङ। ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

Tata
GBIME
Nepal Life

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट १ हजार ६ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलामा ४ जलविद्युत् आयोजना निर्माणाधीन छन्। मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १ सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ।

काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ।

यसैगरी, पालुङखोलामा निर्माणाधीन २ आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ। सोना खोलामा हिमाली हाइड्रोपावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ। सिदिङवा गाउँपालिका-१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४ दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ। रासस