शंकास्पद कागजपत्रको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो १५२ बोरा प्याज बोकेको ट्रक

बिजमाण्डू
२०८१ बैशाख ६ गते ०९:३८ | Apr 18, 2024
शंकास्पद कागजपत्रको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो १५२ बोरा प्याज बोकेको ट्रक

काठमाडौं। सशस्त्र प्रहरीले १ सय ५२ बोरा प्याज बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो। शहीदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको ३ लाख २७ हजार रुपैयाँ र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।