भारतीय उद्योगीलाई प्रधानमन्त्रीले भने- लगानी ल्याउनुस्, सरकारले आवश्यक सहजीकरण गर्छ

बिजमाण्डू
२०८० चैत्र २९ गते १८:५७ | Apr 11, 2024
भारतीय उद्योगीलाई प्रधानमन्त्रीले भने- लगानी ल्याउनुस्, सरकारले आवश्यक सहजीकरण गर्छ
प्रधानमन्त्रीसँग भारतीय उद्योग परिसंघको टोली। साथमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीलाई सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

Tata
GBIME
Nepal Life

उनले भारतीय उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी नेतृत्वको प्रतिनिधिमण्डललाई लगानी गर्न इच्छुक व्यवसायीलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सजिलो हुने गरी सरकारले नीतिगत सुधार गर्न लागेको बताउँदै लजिस्टिक सहयोग गर्ने आश्वासन पनि दिए। उनले भारतीय उद्योगीको प्रतिनिधिमण्डललाई नेपालमा सक्दो धेरै लगानी ल्याउन आग्रह गरे।

पुरीले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएको महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत थिए।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्य पदाधिकारी पनि उपस्थित थिए। ढकालले पनि भारतीय लगानीकर्तालाई महासंघले आवश्यक सहयोग गर्ने बताएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा सहभागी हुन पुरीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग पनि भेटेको थियो।