हेलि एभरेष्ट हेलिकोप्टर विस्तारमा, फ्रान्सबाट ल्यायो ए-एच १२५ सिरिजको जहाज

बिजमाण्डू
२०८० चैत्र २८ गते १३:०६ | Apr 10, 2024
हेलि एभरेष्ट हेलिकोप्टर विस्तारमा, फ्रान्सबाट ल्यायो ए-एच १२५ सिरिजको जहाज

काठमाडौं। हेलिकोप्टर सेवा प्रदायक कम्पनी हेलि एभरेष्ट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्ड अनुसार जहाज विस्तारमा लागेको छ।

Tata
GBIME
Nepal Life

क्यानले हेलिकप्टर कम्पनीलाई पाँच वर्षभित्र जहाज संख्या ५ पुर्‍याउन निर्देशन दिएअनुसार हेलि एभरेष्टले संख्या थप्नतिर लागेको हो।

कम्पनीले फ्रान्सको एक कम्पनीसँग ए-एच १२५ सिरिजको एउटा हेलिकोप्टर खरिद गरेको छ। हेलिकोप्टरलाई ९ एन-एओबी कलसाइन दिइएको छ।

‘हामीले फ्रान्सको एउटा कम्पनीसँग एयरबसको ए-एच १२५ सिरिजको हेलिकोप्टर खरिद गरेका हौं। क्यानको मापदण्ड पूरा गर्ने उद्देश्यले हेलिकोप्टर थपेका हौं,’ कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले भने, ‘व्यावसायिक योजना अनुसार सन् २०२५ भित्र अर्को हेलिकोप्टर किनेर ५ पुर्‍याउनेछौं।’ कम्पनीसँग यसअघि ३ हेलिकोप्टर थिए।