राजस्व छलेर ल्याइएका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ, ड्राइभिङ सेन्टरमा प्रयोग

बिजमाण्डू
२०८० चैत्र १६ गते १६:४९ | Mar 29, 2024
राजस्व छलेर ल्याइएका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ, ड्राइभिङ सेन्टरमा प्रयोग

काठमाडौं। राजस्व छलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौंको कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङको धुनिबेँसी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

उनका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्‍ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी, भक्तपुरका विभिन्‍न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए। रासस