आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २२३ रनको विशाल लक्ष्य, कमलले लिए तीन विकेट

बिजमाण्डू
२०८० चैत्र १६ गते १४:५३ | Mar 29, 2024
आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २२३ रनको विशाल लक्ष्य, कमलले लिए तीन विकेट
ब्याटिङमा आयरल्याण्ड वुल्भ्सका खेलाडी। तस्बिर: क्यान

काठमाडौं। आयरल्याण्ड वुल्भ्सले नेपालसामू २ सय २३ रनको विशाल चुनौती प्रस्तुत गरेको छ। त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वुल्भ्सले आक्रामक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर फिल्डिङमा उत्रिएको नेपालले पहिलो ओभरमै सफलता हात पर्‍यो। कमलसिंह ऐरीले दोस्रो बलमै रोस अडइरलाई आरिफ शेखबाट क्याचआउट गराए।

नेेपाल ‘ए’ का कप्तान विनोद भण्डारी र आयरल्याण्ड वुल्भ्सका कप्तान नेइल रक। तस्बिर: क्यान

दोस्रो विकेटका लागि भने वुल्भ्सका पिटर मुर र केड कार्माइकलले ८८ रनको साझेदारी गरे। ९.६ ओभरमा ३८ रन बनाएका कार्माइकल सागर ढकालको बलमा एलबीडब्लु आउट हुँदा वुल्भ्सको स्कोरबोर्डमा ९० रन बनिकसकेको थियो।

त्यस्तै आरिफ शेखको बलमा १०.६ ओभरमा मुर बोल्ड आउट हुँदा अर्धशतक बनाउन एक रनले चुके। उनले ३२ बलमा ४ चौका र ३ छक्काको सहायतामा ४९ रन बनाएका थिए।

कमल सिंह ऐरीले नै वुल्भ्सको चौथो विकेट पनि लिए। १४.४ ओभरमा ३४ रन बनाएका स्टेफेन डोहेनीलाई उनले सागर ढकालबाट क्याचआउट गराए।

वुल्भ्सको पाँचौ विकेट पनि कमलसिंह ऐरीले नै लिए। उनले १८.१ ओभरमा २३ बलमा ३८ रन बनाएका कप्तान निल रकलाई आफैले क्याचआउट गराएका हुन्।

विकेट लिएपछि कमलसिंह ऐरी। तस्बिर: क्यान

त्यस्तै, गेरेथ डेलानी १४ बलमा ३० रन र गाभिन होए ६ बलमा १८ रन जोड्दै अविजित रहे।

बलिङमा कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।