प्राविधिक समस्याले दोहा उडान गर्न नसकेको एनएसीको वाइडबडी जहाज मर्मतपछि दिल्ली जाँदै

बिजमाण्डू
२०८० चैत्र १६ गते १३:३६ | Mar 29, 2024
प्राविधिक समस्याले दोहा उडान गर्न नसकेको एनएसीको वाइडबडी जहाज मर्मतपछि दिल्ली जाँदै
नेपाल वायुसेवा निगमको जहाज। फाइल तस्वीर

काठमाडौं। हाइड्रोलिक सिस्टममा समस्या आएर बिहिबार राती ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज १२ घण्टामा मर्मत गरेर रिलिज गरिएको छ।

Tata
GBIME
Nepal Life

बिहिबार राती ११:०० बजे काठमाडौं-दोहा उडान गरेको आधा घण्टामै प्राविधिक समस्या आएर काठमाडौंमा अवतरण गराइएको निगमको ९ एन-एएलवाइ कलसाइनको जहाज मर्मत गरेर दिल्ली उडाउन लागिएको हो।

मर्मत गरेर रिलिज गरिएको जहाजले केहीबेरमा काठमाडौं-दिल्ली उडान गर्ने निगमका प्रवक्‍ता देवेन्द्र पुनले बताए।

‘हिजो राती हाइड्रोलिक सिस्टममा समस्या आएर जहाज फर्किएको थियो। जहाज मर्मत भएर अहिले उडानको तयारीमा छ,’ प्रवक्ता पुनले बिजमाण्डसँग भने।

अपराह्‍न १ बजे उडान गर्ने तालिका रहेकामा केही ढिलाइ भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज करिब २ बजे आसपास उड्ने छ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग दुईवटा ए-३२० र दुईवटा ए-३३० जहाज रहेकामा एउटा न्यारोबडी जहाज चार महिनादेखि ग्राउण्डेड छ।