आत्महत्या दुरुत्साहन मुद्दामा उद्यमी प्रदीप रुङ्टाले पाए सफाइ, विपक्षीको दाबी नपुगेको फैसला

बिजमाण्डू
२०८० चैत्र १६ गते १२:१८ | Mar 29, 2024
आत्महत्या दुरुत्साहन मुद्दामा उद्यमी प्रदीप रुङ्टाले पाए सफाइ, विपक्षीको दाबी नपुगेको फैसला

काठमाडौं। उद्यमी प्रदीप रुङ्टाले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले बिहीबार उनलाई सफाइ दिएको हो।

Tata
GBIME
Nepal Life

न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले रुङगटाको पक्षमा फैसला गर्दै अर्को पक्षको दाबी नपुग्ने जनाएको छ।

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो।

गत वैशाख १९ गते भरतपुर महानगरपालिका वडा नम्बर ३ बेल्चोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा आचार्य फेला परेका थिए।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला परेको थियो। सुसाइड नोटमा उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका थिए। जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो।