सुनको मूल्यले तोड्दै रेकर्ड, आज प्रति तोला दुई हजार एक सय रुपैयाँ बढ्यो

बिजमाण्डू
२०८० चैत्र १६ गते ११:४७ | Mar 29, 2024
सुनको मूल्यले तोड्दै रेकर्ड, आज प्रति तोला दुई हजार एक सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

बिहीबार प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ३० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मात्रै सुनको मूल्यमा ३ हजार ५ सय रुपैयाँ बढिसकेको छ। चैत १ मा प्रति तोला १ लाख २५ हजार ८ सय रुपैयाँ थियो। बीचमा घट्दा पनि चालु महिना तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँबाट तल गएको छैन।

चाँदी पनि सँगसँगै बढेको छ। शुक्रबार तोलाको १५ सय २५ रुपैयाँ भएको छ। बिहीबारका तुलनामा १५ रुपैयाँ बढेको हो। चालु महिना चाँदी तोलाको १५ सयबाट तल गएको छैन, बरु एकपटक १५ सय ५५ सम्म पुगेर घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस २२३२.७५ डलर पुगेको छ। बिहीबार २१९५.११ डलर थियो भने बुधबार २१७६.४९ डलर चलेको थियो।

चाँदी प्रति औंस २४.९५ डलरले कारोबार भइरहेको छ। यसअघि बिहीबार २४.६५ र बुधबार २४.४३ डलर थियो।