कांग्रेसको सहकारी विभागमा १० सदस्य मनोनीत, वाग्मतीबाट ३ जना, मधेशबाट शून्य

बिजमाण्डू
२०८० चैत्र १६ गते ११:४३ | Mar 29, 2024
कांग्रेसको सहकारी विभागमा १० सदस्य मनोनीत, वाग्मतीबाट ३ जना, मधेशबाट शून्य

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो सहकारी विभागमा १० सदस्य मनोनीत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार ६ प्रदेशका १० जनालाई विभागको सदस्यमा मनोनीत गरेका हुन्।

Tata
GBIME
Nepal Life

देउवाले कोशी प्रदेशका गोमा नेपाल र कृष्ण खनाल, वाग्मतीका भानुभक्त ढकाल, राजेन्द्र पौडेल र शम्भु घिमिरे, गण्डकीका डिल्लीराम तिवारी, लुम्बिनीका चन्द्रप्रसाद ढकाल र नवराज न्यौपाने, कर्णालीका पदम दाहाल र सुदूरपश्चिमका विश्वप्रकाश पौडेललाई सदस्यमा मनोनीत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

विभागमा मधेश प्रदेशबाट भने मनोनीत गरिएको छैन। विभाग प्रमुख देवेन्द्रराज कँडेल हुन्।