च्यासल पुगेर फर्केपछि इलाम-२ को उम्मेदवारमा रास्वपाले रोज्यो मिलन लिम्बुलाई

बिजमाण्डू
२०८० चैत्र १५ गते १८:३० | Mar 28, 2024
च्यासल पुगेर फर्केपछि इलाम-२ को उम्मेदवारमा रास्वपाले रोज्यो मिलन लिम्बुलाई
मिलन लिम्बु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ मा हुने उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

रास्वपाले प्राइमरी इलेक्सन नगरी ५ आकांक्षीलाई ब्याक गराइ मिलनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मिलनसँगै गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने आकांक्षी थिए।

निर्णय गर्नुअघि रास्वपा महामन्त्री मुकुल ढकाल एमाले मुख्यालय पुगेका थिए। ढकालले एमाले महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतसँग छलफल गरेका थिए।

एमालेले इलाम-२ मा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ। सुहाङ एमाले उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन्। सुवासको गत २५ भदौमा निधन भएपछि यहाँ वैशाख १५ मा उपनिर्वाचन गर्न लागिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार नै लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पहिचान पक्षधरले एमालेका पूर्वनेता डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने बताएका छन्।

कांग्रेसले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि सिफारिस नेताहरूसँग बुधबार छलफल गरेका थिए। सबै दलले जातीय उम्मेदवार अघि बढाएका कारण कांग्रेसले रमेश लिङ्देनलाई उम्मेदवारका रुपमा अघि सार्ने सम्भावना छ।

कांग्रेसबाट रमेशका साथै भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नागेन्द्र कुमाल, चन्द्रकला राई तामाङ र चन्द्रमाया लिम्बूको नाम सिफारिस भएको छ। माओवादी केन्द्रले पनि उम्मेदवार छानेको छैन।

२०७९ मंसिरमा भएको निर्वाचनमा खड्का नेम्बाङसँग ११४ मतले पराजित भएका थिए।