प्रधानमन्त्रीले भने- कुनै काम अगाडि बढेन भने मैले अर्को उथलपुथल गर्न बेर छैन

बिजमाण्डू
२०८० चैत्र १५ गते १६:०९ | Mar 28, 2024
प्रधानमन्त्रीले भने- कुनै काम अगाडि बढेन भने मैले अर्को उथलपुथल गर्न बेर छैन
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणमा पनि काम गर्न नसके राजीनामा दिने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहिबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा काम अगाडि नबढे अर्को उथलपुथल गर्ने र त्यो भनेको पद ओगटेर नबस्ने प्रष्ट पारे।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफूलाई उथलपुथलकारी नेता भनेपछि मुस्कुराउँदै त्यसको जवाफ दिने क्रममा दाहालले भने, ‘कुनै काम अगाडि बढेन भने मैले अर्को उथलपुथल गर्न बेर छैन। त्यो मैले अरुलाई भनेको होइन है। मेरै लागि भनेको हो।’

उनले यसो भनिरहँदा बैठक कक्ष हाँसोले गुञ्जिएको थियो। गत फागुन २१ गते सत्ता समीकरण फेरेका दिन उनले आफू नमरुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका थिए।