काठको ढोका उत्पादन गर्ने स्मार्ट डोर्सको नाफा ४ महिनामा ४० लाख, आइपीओ ल्याउँदै

बिजमाण्डू
२०८० चैत्र १५ गते १६:०९ | Mar 28, 2024
काठको ढोका उत्पादन गर्ने स्मार्ट डोर्सको नाफा ४ महिनामा ४० लाख, आइपीओ ल्याउँदै

काठको ढोका उत्पादन गर्ने स्मार्ट डोर्सले सञ्चालनमा आएको ४ महिनामै गर्‍यो ४० लाख नाफा

Tata
GBIME
Nepal Life

काठमाडौं। काठको ढोका उत्पादन गर्ने स्मार्ट डोर्स लिमिटेडले २ करोड रुपैयाँको कारोबार गरेको छ। आइपीओ ल्याउने तयारीमा रहेको कम्पनीले सञ्चालनमा आएको ४ महिनामै ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई पुसमा नियुक्त गरिसकेको छ।

पब्लिक कम्पनीमा रुपान्तरण भइरहेको यो कम्पनीको प्लान्ट टोखामा छ। दैनिक ६ सय वटा काठको ढोका उत्पादन गर्न सक्ने क्षमता रहेको कम्पनीसँग काठमाडौंमै ४२ होलसेलर छन्।

ढोका बनाउन आवश्यक ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी छन् भने बाँकी १० प्रतिशत मात्रै भारतबाट आयात भइरहेको छ। कम्पनीले एनपी डबल बी माइनस इसुअर रेटिङ पाएको छ।

कम्पनीको अध्यक्ष मिता मुरारका अग्रवाल हुन्। उनी सानिमा जेनेरल इन्स्योरेन्सको बोर्ड सदस्यसमेत हुन्। निलम बोहरा पनि कम्पनीको निर्देशक हुन्। उनी गुर्खाज फाइनान्सको बोर्डमा छिन्।