नयाँ गठबन्धन बनेपछि पद त्याग्न बाध्य भइन् उर्मिला अर्याल, राष्ट्रियसभा उपाध्यक्षबाट दिइन् राजीनामा

बिजमाण्डू
२०८० चैत्र १५ गते १४:४९ | Mar 28, 2024
नयाँ गठबन्धन बनेपछि पद त्याग्न बाध्य भइन् उर्मिला अर्याल, राष्ट्रियसभा उपाध्यक्षबाट दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। आज उनले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्।

Tata
GBIME
Nepal Life

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित उनी २०७९ माघ २३ गते उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी थिइन्।

नयाँ गठबन्धन बनेपछि राष्ट्रियसभा अध्यक्ष पद नेकपा माओवादी केन्द्रले पाएको थियो। सहमति अनुसार दाहाल राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएका थिए।

गठबन्धनमा उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको बताइन्छ। त्यही सहमतिलाई कार्यान्वयन गराउन अर्यालले उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

अध्यक्ष पदमा अर्यालको पनि दाबेदारी थियो। तर, माओवदी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना भाइ नारायण प्रसाद दाहाललाई अघि सारेपछि अर्यालले पद त्याग्नु परेको हो।