सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता १,०८३ रुपैयाँ, लगातार सातौं पोेजेटिभ सर्किट

बिजमाण्डू
२०८० चैत्र १५ गते ११:२७ | Mar 28, 2024
सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता १,०८३ रुपैयाँ, लगातार सातौं पोेजेटिभ सर्किट

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर मूल्य लगातार सातौं दिन पोजेटिभ सर्किट लागेपछि प्रति कित्ता १,०८३ रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सेयर मूल्य बिहिबार कारोबार खुलेको केही मिनेटमै ९.९९ प्रतिशतले बढेको छ। सेयर मूल्य प्रति कित्ता ९८.४० रुपैयाँ बढेको हो।

यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम सिमेन्ट छ। बजार खुलेको २५ मिनेटमा यो कम्पनीको ७ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो। पहिलो कारोबार ५५६ रुपैयाँमा भएकामा पहिलो दिन नै सर्किट लागेर मूल्य ६११.६० रुपैयाँ पुगेको थियो।