मुम्बईविरुद्ध हैदराबादको रन वर्षा, आईपीएलको इतिहासमा बन्यो कीर्तिमानी स्कोर

बिजमाण्डू
२०८० चैत्र १४ गते २१:४८ | Mar 27, 2024
मुम्बईविरुद्ध हैदराबादको रन वर्षा, आईपीएलको इतिहासमा बन्यो कीर्तिमानी स्कोर
मैदानमा सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सका खेलाडी। तस्बिर: आईपीएल

काठमाडौं। सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमा सबै ठूलो इनिङ्स खेलेको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा जारी खेलमा घरेलु टोली हैदराबादले मुम्बई इण्डियन्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै कीर्तिमानी २७७ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

यसअघि आईपीएलमा एकै इनिङ्समा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सर्वाधिक रन २६३ बनाएको थियो। यो रेकर्ड सन् २०१३ मा पुणे सुपर जायन्टविरुद्ध बनेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाउने क्रममा शीर्षक्रमका ब्याटरहरुको सुरुबाटै आक्रामक ब्याटिङ रह्यो। ओपनर मयंक अग्रवाल ११ रन हार्दिक पाण्ड्याको बलमा आउट ४.१ ओभरमा आउट भएसँगै हैदराबादको ब्याटिङ तातेको थियो।

ओपनर ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहायतामा ६२ बनाएर ७.३ ओभरमा पभेलियन फर्किए। त्यस्तै २३ बलमै ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन बनाएका अभिषेक शर्मा १९.६ ओभरमा पियुष चावलाको बलमा आउट हुन पुगे।

हैदराबादको खेललाई २० औँ ओभरसम्मै लगेका एइडन मार्क्रमले २८ बलमा ४२ रन बनाउँदै अविजित रहँदा हेइरिच क्लासेनले ३४ बलमा ८० रन बनाए।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या, गेराल्ड कोएट्जी र पियुष चावलाले समान १ विकेट लिए। मुम्बई केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।