‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ : एभरेष्ट बैंकको साताव्यापी वित्तीय साक्षरता कार्यक्रम

बिजमाण्डू
२०८० चैत्र १४ गते १६:४२ | Mar 27, 2024
‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ : एभरेष्ट बैंकको साताव्यापी वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना गरेको छ। बैंकले साताव्यापी अभियान अन्तर्गत कार्यक्रम सञ्‍चालन गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका निश्‍चित शाखामार्फत विभिन्‍न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। जसबाट झण्डै ३ हजारभन्दा बढी विद्‍यार्थीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराइएको बैंकले बताएको छ।

‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्‍ने नाराका साथ गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो।

एभरेष्ट बैंकका हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन्। बैंकले देशैभरी छरिएर रहेका आफ्नो १२८ शाखा सञ्‍जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ।