निर्जीवन बीमा कम्पनीले संकलन गरे सवा २६ अर्ब प्रिमियम, शिखरको व्यवसाय ११% ले वृद्धि

बिजमाण्डू
२०८० चैत्र १४ गते १६:३८ | Mar 27, 2024
निर्जीवन बीमा कम्पनीले संकलन गरे सवा २६ अर्ब प्रिमियम, शिखरको व्यवसाय ११% ले वृद्धि

काठमाडौं। निर्जीवन बीमा कम्पनीले व्यवसाय बढाएका छन्। कम्पनीहरुले चालु आर्थिक वर्ष ८ महिनामा २६ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

Tata
GBIME
Nepal Life

यो पोहोर फागुनसम्मको तुलनामा १.१३ प्रतिशत धेरै हो। कम्पनीहरुले पोहोर ८ महिनामा २५ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

अर्थतन्त्रमा देखिएको सुस्तताका बीच कम्पनीहरुको व्यवसायमा सुधार देखिएको बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकले देखाउँछ।

यो वर्ष ८ महिनामा कम्पनीहरुले ४.५६ प्रतिशतले बीमा पोलिसीको बिक्री बढाएका छन्। कम्पनीहरुले १९ लाख ६२ हजार बीमा पोलिसी बिक्री गरेका हुन्। पोहोर ८ महिनामा १८ लाख ७६ हजार पोलिसी बिक्री गरेका थिए।

यो अवधिमा ५ कम्पनीको व्यवसाय घटेको छ भने ९ कम्पनीले बढाएका छन्।

शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। यो कम्पनीले व्यवसाय ११ प्रतिशतले वृद्धि गरेको हो।

नेसनल इन्स्योरेन्सको प्रिमियम संकलन सबैभन्दा कम ७६ करोड १३ लाख रुपैयाँमा सीमित छ।