आज १०.८३ अंकले घट्यो सेयर बजार, २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको कारोबार

बिजमाण्डू
२०८० चैत्र १४ गते १५:२२ | Mar 27, 2024
आज १०.८३ अंकले घट्यो सेयर बजार, २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार १०.१४ अंकले बढेको सेयर बजार बुधबार फेरि ओरालो लागेको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर आज २०३०.८६ को विन्दुमा आएको हो।

Tata
GBIME
Nepal Life

उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार घटाएका हुन्। कारोबारमा आएका ३१० कम्पनी मध्ये १८८ को सेयर मूल्य घटेको छ भने ५१ कम्पनीको सेयर मूल्य बढेको छ।

दोहोरो अंकले घटेको बजारमा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ।

कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाएका छन्।

आज ६० लाख ४७ हजार कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।