डेलले एक वर्षमा कटौती गर्‍यो १३ हजार कर्मचारी, खर्च घटाउन थप योजना ल्याउँदै

बिजमाण्डू
२०८० चैत्र १४ गते १२:०२ | Mar 27, 2024
डेलले एक वर्षमा कटौती गर्‍यो १३ हजार कर्मचारी, खर्च घटाउन थप योजना ल्याउँदै
Photo : Reuters

डेल टेक्नोलोजिजले गत आर्थिक वर्षमा १३ हजार कर्मचारी कटौती गरेको छ। फेब्रुअरी २ सम्म विश्वभरबाट डेलमा करिब १ लाख २० हजार कर्मचारी काम गरिरहेका कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो संख्यता गत आर्थिक वर्षभन्दा १० प्रतिशतले कम हो।

पर्सनल कम्पयुटरको बिक्रि घट्दा डेलले सन् २०२३ को सुरुमा नै ६ हजार ६५० कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। तर, सन् २०२४ सम्म आइपुग्दा एक वर्षमै घोषणा गरिएको भन्दा दुई गुणा बढी कर्मचारी कटौती भएको हो।

डेलले यो वर्ष पनि खर्च कटौतीका लागि विभिन्न उपायहरुबारे अध्ययन गरिरहेको छ। डेलले चालु आर्थिक वर्ष (२०२४) मा थप खर्च कटौती गर्ने योजना बनाइरहेको छ।